टोखा कोरोना अपडेटः १२ जना संक्रमित थपिए

 ६ भाद्र २०७७, शनिबार १२:०३   | न्यूज अफ टोखा

टोखा । टोखा नगरपालिकामा दिनहुँ संक्रमितको संख्या तिव्ररुपमा बढ्दै गएको छ । शुक्रबार मात्रै टोखा नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् ।

योसँगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । हाल सक्रिय संक्रमित ६६ जना रहेको नगर स्वास्थ्य शाखाका प्रमुख रणलाल कुलालले बताएका छन् ।

शुक्रबार थपिने संक्रमितहरुमा ३ वडामा २, ५ वडामा १, ६ वडामा १, ९ वडामा १, १० वडामा ४, ११ मा १ जना रहेका छन् भने २ जना सम्पर्क विहिन रहेको शाखाले जनाएको छ । ती संक्रमित हाल होम आसोलेसनमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ६ भाद्र २०७७, शनिबार १२:०३

तपाईको प्रतिक्रिया