ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा
महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। यसलाई एक अमेरिकी संकलकले खरिद गरेका हुन्।
लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ।
एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रक्म प्राप्त गर्ने आशा राखिएको थियो। चश्माका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्।
गान्धीलाई यो चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ।
‘लगभग ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो। यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए। अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ’, इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने।
कसरी लिलामी कम्पनीमा पुग्यो चश्मा ?
‘शुक्रबार राति कसैले हाम्रो लेटरबक्समा यसलाई खसालिदिएको थियो, जहाँ सोमबारसम्म यो रहिरह्यो’, लिलामी कम्पनीका स्टोले भने।
खाममा चश्मा पाएपछि कम्पनीले चश्मा मालिकलाई सम्पर्क गरेर त्यसको महत्वको बारेमा सम्झाए। महत्व सुनेपछि ती चश्मा मालिकलाई ‘झण्डै हृदयघात’ नै भएको स्टोको भनाइ छ।
‘हाम्रा एक स्टाफले यो हामीलाई दिए। योसँगै एउटा पत्रपनि थियो जसमा यो गान्धीको चश्मा भएको उल्लेख थियो’, स्टोले भने।
चश्मा मालिकका अनुसार १९२० को दशकमा उनको परिवारका एक सदस्यले दक्षिण अफ्रिका भ्रमणमा गएका बखत गान्धीलाई भेटेका थिए। उनीबाट नै यो चश्मा पुस्तान्तरण हुँदै उनीसमक्ष आइपुगेको हो।
स्टोका अनुसार चश्माका बारेमा थाहा पाएपछि सोका बारेमा अनुसन्धान गरिएको थियो।
‘सबै तारिख मात्र होइन कि हामीले गान्धीले चश्मा लगाएको समयसमेत मिलेको पायौं’, स्टोले भने।
उनका अनुसार सम्भवत गान्धीले लगाएको पहिलो चश्मा हो।
एजेन्सीको सहयोगमा
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८