गायक आरडीको ‘तिम्रो त्यो कोमल हात समाइ’ म्युजिक भिडियो सार्वजनिक

 ७ भाद्र २०७७, आईतवार १४:३८   | न्यूज अफ टोखा

गायक आरडीको ‘तिम्रो त्यो कोमल हात समाइ’ म्युजिक भिडियो सार्वजनिक

गायक आरडी (राम कृष्ण डंगोल) को ‘तिम्रो त्यो कोमल हात समाइ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनीक गरेका छन् ।


“तिमी मेरो म तिम्रो” गीतिसंग्रहमा संग्रहित यस गीतमा रमेश ओझेलको शब्द र महाराज थापाको संगीत रहेको छ ।

टोखा फोटो स्टुडियोको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई सञ्जय श्रेष्ठले निर्देशन गरेका छन् भने रेश्मा श्रेष्ठ र सञ्जय श्रेष्ठले अभिनयको अभिनय गरेका छन् ।

टोखामा आसपासमा तयार पारिएको भिडियोलाई सुक्रम श्रेष्ठले छांयाकन गरेका छन् भने रेश्मा श्रेष्ठले सम्पादन गरेकी छिन् ।

२०६४ सालमा सार्वजनिक भएको “तिमी मेरो म तिम्रो” गीति संग्रहमा संग्रहित उक्त गीतले त्यसताका समयमा निकै चर्चा बटुलन सफल भएका थिए ।

गीतलाई नयाँ पुस्ताले मन पराएर भिडियो बनाउने प्रस्ताव आए पछि नयाँ पुस्ताको प्रतिभाव सम्मन गर्दै उनीहरुलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्न प्रोत्साहन स्वरुप भिडियो बनाउन अनुमति दिएको गायक आरडी बताउँछन् ।



टोखा फोटो स्टुडियोका सञ्चालक सुक्रम श्रेष्ठ लामो समयदेखि फोटोग्राफि पेशामा संलग्न भैरहेका छन् । उनिद्वारा छाँयाकन गरिएको यो पहिलो म्युजिक भिडियो हो ।

टोखा र टोखाको कलासंस्कृति, चाडपर्वलाई आफ्नो क्यामरामा कैद गरेर फोटोमार्फत प्रोमोड गर्दै आइरहेका उनी पछिल्लो समयमा भिडियोमार्फत टोखालाई चिनाउन लागि परेको बताउँछन् ।

आफ्नो पहिलो प्रोडक्सनमा भएका कमिकमजोरीहरुलाई आगमी दिनहरुमा सुधार गर्दै अगाडि बढ्ने उनले बताएका छन् । उनले कलाकारीता क्षेत्रमा पाईला टेक्न सलबलाईरुहेका नयाँ पुस्ताहरुलाई प्रोहोत्स र सहयोग स्वरुप भिडियो समेत बनाई दिएका छन् ।



भिडिओ हाइलाईटस् नेपाल च्यानलबाट बजारमा आएको हो।

Facebook Comments

अन्तिम अपडेट: ७ भाद्र २०७७, आईतवार १४:३८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया