च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पीएसजी खेल्दै

 ७ भाद्र २०७७, आईतवार ०९:५३   | न्यूज अफ टोखा

काठमाण्डौ – च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।

पोर्चुगलको लिस्बनमा राति पौने एक बजे हुने खेलमा जर्मन क्लब बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजी खेल्दैछन् ।

पाँच पटक उपाधि जितेको बायर्न म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

unn.prixa.net

सेमिफाइलनमा बायर्नले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो । 

लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बायर्न छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा रहको छ ।

Facebook Comments

अन्तिम अपडेट: ७ भाद्र २०७७, आईतवार ०९:५३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया