ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
टोखा, काठमाडौँ । कोरोना भाइरसर संक्रमितहरुको उपचारका लागि आइसोलेसन स्थापना गरिदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।
टोखा नगरपालिका २ वडा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाट दिदै आएको स्वास्थ्य सेवालाई पूर्व व्यवस्थापन विना टोखा नगरपालिकाले आइसोलेसन सेन्टर स्थापना गर्दा उक्त स्वस्थ्य केन्द्रबाट दिँदै आएको स्वास्थ्य सेवाबाट सर्वसाधारण बन्चित हुन पुगेको हो ।
नगरपालिकाले पुर्वतयारी विना नै आइसोलेसन सेन्टर सञ्चालन गर्दा अहिले स्वास्थ्य केन्द्रलाई व्यवस्थापन गर्न कठिनाई भैरहेको २ वडा कार्यालयका सदस्य तथा स्वास्थ्य उपसमितिका संयोजक प्रेम कृष्ण खड्गीले बताए ।
गलयमा रहेको स्वास्थ्य केन्द्रबाट दिदै आइरहेको स्वास्थ्य सेवा हाल २ वडा कार्यालयको भवन परिसरमा रहेको शिशुकेन्द्रबाट स्वास्थ्य सेवा दिने भन्दै सामान सारिएको भए पनि हालसम्म त्यसको व्यवस्थापन तथा स्वास्थ्य सेवा कार्य सुचारु गर्न सकिरहेका छैनन् ।
प्राथमिक स्वस्थ्य केन्द्रले दैनिक रुपमा आवश्य पर्ने स्वास्थ्य सेवाका साथै प्रसुती सेवासमेत दिदै आइरहेको छ । नगरपालिकाको गैरजिम्मेवारी अदुरदर्शी निर्णयका कारण अहिले आम सर्वसाधारलाई सामान्य स्वास्थ्य सेवा समेत दिन सक्ने आस्था नरहेको वडा सदस्य पञ्च कुमारी श्रेष्ठले बताइन् ।
अहिलेको विषम परिस्थितिमा स्वास्थ्य केन्द्रबाट सेवा दिदै आइरहेको प्रसुति सेवा बन्द गरिदा यसबाट गर्ववती महिलाहरु प्रत्यक्ष मारमा परेको भन्दै उनले नगरपालिकाका उपमेयर तथा आइसोलेसन व्यवस्थापनका संयोजक ज्ञानमाया डंगोललाई “महिला भएर एउटा पहिलाको पीडा नबुझ्ने तपाई कस्तो उपमेय?” भनेर प्रश्न गरेका छिन्।
कोरोनाका संक्रमित रहेको स्थानमा प्रसुती सेवा दिन जोखिम भएको भन्दै प्रसुती सेवा हालका लागि बन्द गर्ने र प्रसुतीका लागि आएमा छिमेकि तथा अस्पतालसँग समन्वगरी त्यहाँ रिफर गर्ने निर्णग गरिएको थियो । तर यस्तो विषम परिस्थितिमा तिनिहरुलाई कस्ले लिने भन्ने प्रश्न खडा भएको छ ।
स्वास्थ्य केन्द्रको समयमा नै उचित व्यवस्थापन हुन नसक्दा अहिले स्वास्थ्य उपचारका लागि आएका बिरामीहरु उपचार विना नै फर्किनु परिरहेको छ । अहिले बिरामीलाई सामान्य सितामोल समेत दिन नसकिरहेको आवस्था छ ।
पुर्व तयारी विनानै पहिला आइसोलेशनको उद्घाटन गर्ने अनि नगरको कार्यपालिकाको वैठक बसेर आइसोलेसन सेन्ट स्थापना गर्ने भनेर निर्णय गर्ने कार्यको कुनै औचित्य नरहेको श्रेष्ठले बताईन ।
अरु विकलप हुँदाहुँदै पनि प्राथमिक स्वास्थ्य केन्द्रलाई नै बन्द गरी त्यहाँ आइसोलेसन सेन्टर स्थापना गर्ने नगरपालिकाको अदुर्दशी निर्णयका कारण स्वास्थ्य कर्मीहरु समेत असंतुष्ट रहेका छन् । सिमित जन शक्तिले आइसोलेसन र स्वास्थ्य केन्द्रमा कसरी काम गर्न सकिन्छ उनीहरु गुणासो पोख्छन् ।
कोरोना संक्रमितहरुको उपचारमा मात्र केन्द्रित भैरहन्दा यता अन्य रोगका विरामीहरुले उपचार पाउँन सकिरहेका छैनन् ।
वडा कार्यालयका जनप्रतिनिधिका टोलि आफ्नो वडा कार्यालय भवना परिसरमा स्वास्थ्य केन्द्रको व्यवस्थापनमा लागि परेका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८