टोखा -३ मा स्वयं सेवक परिचालन

 ९ भाद्र २०७७, मंगलवार ०८:५५   | न्यूज अफ टोखा

टोखा । टोखा नगरपालिका ३ वडा कार्यालयले २० सदसीय स्वयं सेवक गठन गरिएको छ । तीव्ररुपमा संक्रमित बढिरहेको बेला आफ्नो वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गराउन यो दस्ताले कार्य गर्ने छ ।

सोमबार गठीत स्वयं सेवक दस्ताले कोरोना भाइरस सम्बन्धि सचेतना जगाउने कार्यक्रम समेत गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

उनलेभने – “स्वयं सेवक दस्ता गठन लगतै सोमबार विहान सचेतना र्‍यालि समेत गरियो । समाजमा शान्ति सुरक्षा कार्यम गर्न, वडाबासीहरुलाई सचेत बनाउन सचेतना कार्यक्रमका लागि गठित स्वयं सेवक दस्ताले महानगरीय प्रहरी प्रभाग गंगबु र टोखासँग समन्वगरि परिचालित हुनेछ । साथै स्वयं सेवकहरुको बीमा समेत गरिने छ ।’

हालसम्म ३ वडामा ११ जना संक्रमित भेतिए पनि ४ जना भने संक्रिय संक्रमित रहेका छन् । उनीहरु सुर्यदर्शन हाइट, ग्राण्डि, साइबाबा चोकका रहेका छन् । तिनिहरु मध्य ३ संक्रमित आसोलेसनमा र १ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

साइबाबा चोकमा भेटिएका संक्रमितका आसपास तथा कन्ट्याकमा आएकाहरु सहित ४५ जनाको पीसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ र  ग्राण्डि भिल्लामा १० जनाको परीक्षणक गरिए तर रिपोट आउँन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञालाई पुर्ण रुपमा पाल्ना गरी अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन वडा अध्यक्ष श्रेष्ठले सम्पूर्ण वडाबासीहरुमा अनुरोध समेत गरेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ९ भाद्र २०७७, मंगलवार ०८:५५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया