पीसीआर परीक्षणका लागि वडाबासीहरुलाई नाम टिपाउन वडाध्यक्ष श्रेष्ठको अनुरोध

 ९ भाद्र २०७७, मंगलवार ०९:०६   | न्यूज अफ टोखा

टोखा नगरपालिका ३ वडा कार्यालयले सय जनाको पीसीआर परिक्षण गर्ने भएको छ ।

टोखा नगरपालिकामा कोरोना भाइरसका संक्रमित ह्वाटै बढिरहेको बेला रुघाखोकी, घाँटी दुखेको र बिसन्चो महसुस भएकाहरुलाई पीसीआर परीक्षणका लागि आफ्नो नाम टिपाउन वडा अध्यक्ष सिहराज श्रेष्ठले वडाबासीहरुमा अनुरोध गरेका छन् ।

कोरोना भाइरसको विषम परिस्थितिमा समाजको अग्रस्थामा रहेर काम गरिरहेका र दैनिक जसो सर्वसाधारणहरुको सम्पर्कमा रहेका व्यवसायी, स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक जनप्रतिनिधि लगायतको पीसिआर परीक्षण गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

हालसम्म ३ वडामा ११ जना संक्रमित भेतिए पनि ४ जना भने संक्रिय संक्रमित रहेका छन् । उनीहरु सुर्यदर्शन हाइट, ग्राण्डि, साइबाबा चोकका रहेका छन् । तिनिहरु मध्य ३ संक्रमित आसोलेसनमा र १ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

परीक्षणका लागि आफ्नो नाम टिपाउनका  वडा कार्यालय तथा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न भनिएको छ ।

वडा अध्यक्ष सिह राज  श्रेष्ठ 9841336910, वडा सदस्य हरिमान श्रेष्ठ 9851002473

Facebook Comments

अन्तिम अपडेट: ९ भाद्र २०७७, मंगलवार ०९:०६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया