स्वास्थ्यकर्मी कै सहभागितामा रेमडेसिभिर सुइमा कालोबजारी

 ९ भाद्र २०७७, मंगलवार ०८:३८   | न्यूज अफ टोखा

भाद्र ९ गते, काठमाडाैं । नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु भएको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुन थालेको छ । यसको कालोबजारीमा स्वास्थ्यकर्मीहरू नै संलग्न रहेको भेटिएको छ । कालोबजारियाहरूले यो इन्जेक्सनलाई भारतकै रक्सौलमा २४ हजार रुपैयाँसम्म र वारिपट्टि वीरगन्जमा ३३ देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

भारतमा प्रतिभाइल ४ हजार ५ सय भारूमा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रूपैयाँसम्ममा खरिदबिक्री

एक संक्रमितका आफन्तले साउन पहिलो साता वीरगन्जमा उक्त इन्जेक्सन प्रतिभाइल ५० हजार रुपैयाँमा खरिद गरेका थिए । सिकिस्त संक्रमितलाई चिकित्सकले ६ भाइलसम्म रेमडेसिभिर इन्जेक्सन लगाउने गरेका छन् । अहिले वीरगन्जमा संक्रमितका आफन्तले ४० हजार रुपैयाँसम्ममा खरिद गरिरहेको उक्त इन्जेक्सन काठमाडौंमा ५० देखि ६० हजार रुपैयाँसम्ममा बेच्ने गरिएको छ । एम्बुलेन्स र भन्सारबाट छुटका मालवाहक सवारीमा रेमडेसिभिर राखेर काठमाडौं पठाउने गरिएको छ । सरकारले भारतबाट आयात खुला गरे पनि वीरगन्जमा रेमडेसिभिर सजिलै उपलब्ध हुन सकेको छैन ।

Facebook Comments

अन्तिम अपडेट: ९ भाद्र २०७७, मंगलवार ०८:३८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया