बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
न्यूज अफ टोखा
विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताउनुभएको हो ।
भ्यानडिलिएरले आफूहरुको अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको बताउनुभयो । उहाँले यो सुरुवात मात्र भएको भन्दै अरु निकै केसहरु बढ्ने अवस्था रहेको र आगामी दिनहरुमा परिस्थिति जटिल बन्ने बताउनुभयो ।
उहाँले नेपालमा अझै संक्रमितको संख्या वृद्धि भई जटिल परिस्थिति आउने बताउदै नेपालमा शुरुका दिनमा विदेशबाट आएका व्यक्तिबाट संक्रमण देखिएको तर अहिले ज्येष्ठ नागरिक, युवा, बालबालिकालाई समेत संक्रमण फैलिसकेको बताउनुभयो ।
उहाँले यस्तो समयमा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालहरुको भूमिका पर्याप्त हुन नसक्नु प्रमुख चुनौती रहेको समेत बताउनुभयो । भेन्डिलियरले नेपालमा अधिकांश अस्पताल कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
आम नेपाली लगायत नेपालमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुले अनिवार्यरुपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरीको कायम, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराउनुभयो ।
कोभिड १९ विरुद्धको लडाईंमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने भ्यानडिलिएरको सुझाव थियो । उहाँले सरकारले मात्रै नसक्ने भएकाले सबैपक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय सरकारको भूमिका पनि प्रभावकारी रुपमा हुनुपर्ने उहाँको थप सुझाव थियो । कोरोना संकटमा विश्व स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने उहाँले आश्वासन दिनुभयो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १ सय ९ जना निको भएका छन् भने १ सय ६४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९