घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
मन्दिर समाजकाे अमुल्य रत्न रहेकाेले यसकाे सँरक्षण गर्नु सबैकाे दायित्व हाे । अब यसलाइ सबै मिलि हातेमालाे गर्दै सम्पन्नतिर दाेहार्याउने एकमात्र अन्तिम विकल्प हाे । –अष्टनारायण डँगाेल
टाेखाकाे प्रमुख मन्दिर मध्ये सपनातिर्थ पनि एक हुन् । प्रत्येक नयाँ सालकाे पहिलाे दिनमा व्यापक मेला लाग्ने भएकाेले ताेखा सपनातिर्थस्थल रहेकाे प्राचिन नेवा कला र सँस्कृतिकाे शहरले प्रख्यात छ । हाल विद्यमान अाधुनिक सिमेन्टेड मन्दिर भत्काइ नयाँ पुरातात्विककाे मापदण्ड अनुसार परम्परागत कला शैलीले निर्माण कार्यकाे थालनी सँगै विभिन्न फरक काेण र दृष्टिकाेणले हेर्न थालिएका छन् । नयाँ बनिने सपनातिर्थ मन्दिरकाे रेखाचित्र सामाजिक सँजालमा फैलिएसँगै विवादकाे जराे सृजित भएकाे भनिएकाे छ। बहुमत देवता खलकका सदस्यहरू नयाँ बनिने सँरचना र स्वरूपमा सहमति भए पनि केही खलक र खलक बाहिरका ताेखाबासीहरूकाे विमति रहेकाे थाहा भएकाे छ ।
सपनातिर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्री अष्ट नारायण डँगाेलकाे अनुसार, हामीले मन्दिर निर्माणबारे पटक पटक बैठक गर्याै, छलफल गरी निर्णय गर्याै र कार्यकाे बाँडफाँड नि गर्याै तर कार्य याेजना टेण्डर स्वीकृत भइ कार्य शुरु भै सकेकाे अन्तिम घडीमा अाएर याे मिलेन, त्याे भएन, यसाे गर्नु पर्याे त्यसाे गर्नु, भन्नु कार्यमा भाँजाे मात्र भएकाे बताउनु भयाे । समय समयमा सामाजिक सँजालमा मन्दिर निर्माण सम्वन्धि सुचनाहरू, जानकारी हरू र गतिविधिहरू प्रकाशित गरिरहेकेाले यसलाइ सबै मिली सम्पन्नतिर दाेहाेर्याउनु पर्ने कुरा प्रष्ट पार्नुभयाे ।
यता केही असन्तुष्ट पक्षका विचार भने केही फरक छन् । पुरातात्विक विभागमा अभिलेखिकरण हुने यस मन्दिरमा यति सामान्य बुट्टा डिजाइनले मात्र पर्याप्त छैन, माथि लाछीमा बनाएकाे नारायणाकाे मन्दिर जस्तै टाेखाकाे इज्जत थाम्ने गरी बनाअाैं , हामीले राेक्ने भन्ने नै हैन । हामी ले समर्थन गरिरहे कै छाैं, देवता खलकका एक सदस्यले भने । करीब १५० परिवार भएकाे देवता खलकमा नयाँ मन्दिरकाे प्रारूप र नक्सा नहुनुमा गुनासाे रहेकाे पनि उनले थपे ।
बालेकेा कान्छा श्रेष्ठकाे अनुसार मैदानकाे दाँजाेमा मन्दिरकाे एरिया सानाे र साँघुराे भयाे । मैदान अनुसार मन्दिरकाे फाउण्डेशन डेढ देखि दुइ फिटसम्म माथि अाउनु पर्ने तर त्यस्ताे नभएकेा गुनासाे गरे । एक चाेति बनाइसके पछि बारम्बार बनाउन नमिल्ने भएकाेले बरू ढिला हाेस राम्राे बनाउने पक्षमा अाफु र अाफ्नेा समुह रहेकाे प्रष्ट पारे ।
टेण्डर पारी सहमति गरी काम समेत शुरू भै सकेकाे अवस्थामा शुरू भएकेा कामलाइ अवराेध पार्ने भन्दा पनि सराेकारवाला सबै पक्षसित छलफल गरी एउटा निचाेडमा पुग्ने देवता खलकका सदस्य पँचलालले बताए । यसमा ठेकेादार तथा विभागका प्रतिनिधिहरू सकारात्मक रहेकाे कुरा टेलिफाेन मार्फत् जानकारी गराए ।
सामाजिक काममा मत भिन्न हुनु स्वभाविक हाे । मान्छेहरूकाे साेच र विचार फरक फरक भए जस्तै बुझाइ फरक फरक हुने गर्दछन् । तर याे भिन्नता र फरकपनले भै रहेकाे कार्यलाइ अवरूद भन्दा पनि कामलाइ अझ परिस्कृत ढँगले कसरी राम्राे बनाउने भन्नेतिर लागेमा अझ राम्राे हुनेमा सन्देह छैन । यदि डिजाइन नपुगेकाे भए, सर्वपक्षाीय, देवता खलक, स्थानीय बासीन्दा, वडाकार्यालय, हितकारी हातहरूमा छलफल र धेरैथाेर सहयाेग सँकलन गरी बुट्टा थप्न सकिने सम्भावना पनि जिउँदै छन् । नपुगेकाे थपाै, नजाेडेकाे जाेडाै, हातमा हातेमालाे गर्दै ताेखाकाे मात्र नभइ सारा नेवा र उपत्यकाबासीहरूकाे सपनाकाे विनायक सपनातिर्थ मन्दिरकाे निर्माणा कार्यलाइ निरन्तरता दिअाैं । सपनद्यले सबैकेा कल्याण गरून् । भाद्र १० गते ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७