ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिका ३ वडाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि बस्ती भित्र हात धुने स्वचालित स्यानिटाइजर मेसिन राखिएको छ ।
मंगलबार टोखाको मूल बस्ती प्रवेशद्वार, बामफल, त्वापचा, लाछि, हासल र ल्वंफल गरि ६ वटा मूख्य चोकमा उक्त स्यानिटाइजर मेसिन राखिएको वडा अध्यक्ष सिह राज श्रेष्ठले जानकारी दिए ।
प्रत्यक घर-घरलाई दिनु भन्दा सार्वजनिक स्थानमा राख्दा सबैको पहुँच पुग्ने हुँदा बस्ती भित्रका मुख्य चोकमा स्वचालित स्यानिटाइजर मेसिन जडान गरिएको उनले बताए ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामा लागि टोखा नगरपालिकाको सहयोगमा मानिसहरुको आगमन धेरै हुने र टोलमा प्रवेश गर्ने स्थानमा स्वचालित हात धुने स्यानिटाइजर राखिएको समेत वडा अध्यक्ष श्रेष्ठले बताए ।
उक्त मेसिनको सुरक्षा गर्न वडाबासीहरुलाई अनुरोध गर्दै उनले भने – यो हाम्रो सार्वजनिक सम्पति भएकाले त्यसको सुरक्षा र संरक्षण गर्ने काम हामी सबैको दायत्व हो। यसको सुरक्षा र संरक्षण हामी सबै मिलेर गर्नुपर्छ ।
हालसम्म ३ वडामा १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । तिमध्य कोहि होम आसोलेसनमा रहेका छन् भने कोहि आसोलेसन सेन्टरमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८