टोखा २ वडाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई तीव्र बनाउँदै

 १९ भाद्र २०७७, शुक्रबार १७:३२   | न्यूज अफ टोखा

स्वंय सेवक परिचालन, चोकहरुमा स्वचालित ह्यान्ड वास स्यानिटाइजर मेसिन जडान, प्रत्येक दिन क्लोरिन छर्किने

न्यूज अफ टोखा, काठमाडौं । कोरोना भाइसर नियन्त्रण तथा रोकथामका लागि टोखा नगरपालिका वडा नं २ ले आफ्नो गतिविधिलाई तीव्र बनाएको छ ।
पछिल्लो समयमा टोखा नगरपालिकामा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढ्दो छ । त्यसो त यसै वडामा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नगरस्तरीय आसोलेसन सेन्टरसमेत सञ्चालन गरिएसंगै वडा कार्यालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि उच्च सर्तकताका साथ विविध कार्यक्रमहरु सञ्चाल्न गरिरहेको छ ।


शान्ति सुरक्षा उप समितिको मातहतमा रहने गरी वडा सदस्य हेरा काजी डंगोलको संयोजकत्वमा २० जनाको स्वयं सेवक टोलि गठन गरिएको छ । २ वडामा क्रियाशील १० ओटा सामाजिक संघसंस्थाहरुबाट २/२ जना स्वयं सेवकहरुलाई समावेश गरी गठित उक्त स्वयं सेवक टोलिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतना, सचेतना तथा सरसफाई लगायतका कार्यहरु गरिरहेको शान्ति सुरक्षा उपसमितिका संयोजक तथा वडा सदस्य हेराकाजी डंगोलले बताउनु भयो ।

शुक्रबार बिहान वडा कार्यालय भवन परिसरमा एक कार्यक्रम वीच स्वयं सेवकहरुलाई पोशाक वितरण गरिएको छ । शान्ति सुरक्षा उपसमितिका संयोजक हेरा काजी डंगोलको अध्यक्षमामा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष दिपक राज जोशीले स्वयं सेवकहरुलाई पोशाक वितरण गरिएको थियो ।


कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वयं सेवकहरुको बीमाको समेत व्यवस्थ गरिएको छ । अग्रपंग्तिमा रहेर समाजको सुरक्षाका लागि खटिने स्वयं सेवकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरुलाई हौसला र प्रोहोत्सान दिन बिमाको समेत व्यवस्था गरिएको डंगोलले जानकारी दिनुभयो ।


शुक्रबार पोशाक वितरणसंगै पाँच जना जनप्रतिनिहरुको नेतृत्वमा ४/४ जना स्वयं सेवक रहने गरी कामको बाँधफाड् समेत गरि विहान आफ्नो वडाभित्र क्लोरीन छर्किने काम समेत गरिएको थियो । समय र तालिका बनाएर प्रत्येक दिन बस्ती भित्र र बाहिर समेत उक्त कोल्वरिन छर्किने छ । यसका साथै उक्त टोलिले प्रत्येक हप्ताको शनिवार सरसफाइ समेत गरिने भएको छ ।


चोकमा स्वचालित ह्यान्ड वास स्यानिटाइजर मेसिन
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आगमन बढि हुने मुख्य मुख्य चोकहरुमा विहिवार स्वचालित ह्यान्ड वास स्यानिटाइजर मेसिन राखिएको छ । नगरपालिकासँगको सहकार्यमा हाल ८ स्थानहरुमा उक्त मेसिन जडान गरिएको छ । भिल्ली, लंबु, गणेशस्थान, तलेजु, पुखुशी, तोथुलाग, तपलाछी र चण्डेश्वरी चोकमा उक्त मेसिन जडान गरिएको र आवश्यकताका आधारमा थप्दै जाने वडा अध्यक्ष दिप राज जोशीले बताउनु भयो ।

हालसम्म २ वडामा १ जनामा मात्र संक्रमित देखिएको छ भने यसै वडामा नगरस्तरीय आइसोलेसन सेन्टरसमेत रहेको छ ।
आफ्नो वडा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले यसबाट समुदायको सुरक्षाका लागि युवाहरुको सक्रियतामा गठित स्वयं सेवकहरुको परिचाल तथा मानिसहरुको आवगमन बाक्लो भएका मुख्य चोक तथा ठाउँहरुमा स्वचालित ह्यान्ड वास स्यानिटाइजर मेसिनको व्यवस्था गरिएको अध्यक्ष जोशीले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: १९ भाद्र २०७७, शुक्रबार १७:३२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया