कर्मचारीमा संक्रमण देखिए पछि २६ गतेसम्म कार्यालय बन्द

 २१ भाद्र २०७७, आईतवार १३:३५   | न्यूज अफ टोखा

न्यूज अफ टोखा । टोखा नगरपालिकाको कार्यालयमा कार्यारत केही कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि भदो २१ देखि २६ गतेसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

उनले कार्यालय बन्द रहेता पनि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी कार्यक्रमहरु भने यथावत रुपमा सञ्चाल्न हुने समेत बताए ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस विषम परिस्थितिमा अत्यावस्यक काममा बाहेक अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पूण पाल्ना गर्न नगरबासीहरुमा अनुरोध समेत गरेका छन् ।

कोरोना भाइसर न्यूनीकरणका लागि जनचेताना तथा सर्तकता अभियानमा लागेका केही जनप्रतिनिधि तथा कर्मचारीहरुमा समेत संक्रमण देखिएको छ । संक्रमितदेखिएको वडा कार्यालय ७,८ र ११ पनि केहि समयका लागि बन्द गरिएको छ ।

पछिल्लो समयमा टोखा नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या बढ्दो छ । शनिवारसम्मको डाटा अनुसार २६६ जना संक्रमित भएका छन् भने यस मध्य सकृय संक्रमितको संख्या १५९ रहेका छन् । त्यस्तै १०४ जना निको भइसकेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २१ भाद्र २०७७, आईतवार १३:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया