तलेजुका बाह्र थकाली कान्छा डंगोलको निधन

 २१ भाद्र २०७७, आईतवार ११:१०   | सुबिन्द्र श्रेष्ठ

तलेजुका बाह्र थकाली कान्छा डंगोलको निधन

न्यूज अफ टोखा । टोखाको तलेजुका बाह्र थकाली कान्छा डंगोलको असामयिक निधन भएको छ ।

लाम्रो समयदेखि अस्वस्थ रहेरका उहाँको गएराति ११ बजेर ४५ मिनेट जाँदा ९३ वर्षको उमेर घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको असामयिक निधनले तलेजु मन्दिर परिवारक मर्महात भएको भन्दै यसले टोखाको साँस्कृतिक क्षेत्रमा अतुलनिय क्षति पुगेको टोखा देय नायः हेम राज श्रेष्ठले बताएका छन् । उनले मृतक आत्माको शान्तिको कामना गर्दै यस दुखद घडिमा शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्न आग्रह समेत गरे ।

स्वर्गिय डंगोल २०७१ सालमा तलेजु मन्दिरमा बाह्र थकालीको रुपमा प्रवेश गरेका थिए । डंगोल थरका (समुदायका) बाह्र थकालीका पनि थकालि बाह्र थकालीका रुपमा प्रनितिधित्व गरि तलेजु मन्दिरमा भित्र्याउने गरिन्छ ।

तलेजु मन्दिरमा श्रेष्ठ थर (समुदाय)का ११ थकालि र डंगोल थर (समुदाय) का १ जना थकालि रहेका हुन्छन् । ती थकालिहरुलाई विभिन्न समयमा पूजा तथा जात्रा समेत गर्ने गर्दछन् । विशेषत दशैंताका एकादशीका दिन तलेजु मन्दिरमा खः द्यः (खड्ग) जात्रा  गरिन्छ । यस जात्रामा सबै भन्दा अगाडी बाह्र थकाली रहने गर्दछ ।

डंगोलको निधनले रीक्त भएको उक्त स्थानमा आउदो दशैंमा डंगोल समुदायबाट नै छनोट गरि बाह्र थकालीमा नियुक्त गरिने टोखा देयः नाय हेम राज श्रेष्ठले जानकारी दिनुभयो ।

डंगोलको हिजो रातिनै भख्यको घाटमा दाहासंस्कार गरिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २१ भाद्र २०७७, आईतवार ११:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया