रेडक्रसले टोखा आइसोलेसन केन्द्रमा क्लोरिन छर्कियो

 २२ भाद्र २०७७, सोमबार १८:३०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा । नेपाल रेडक्रस सोसाइटीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको नगर आइसोलेसन परिसरमा क्लोरिन छर्किएको छ ।

सोमबार विहान स्वास्थ्य केन्द्र परिसरमा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा क्लोरिन छर्किएको पहलकर्ता निरञ्जन डंगोलले जानकारी दिए ।

कोरोना संक्रमितहरु बस्ने स्थल भएकाले उक्त स्थलको सरसफाई तथा त्यसबाट अन्य व्यक्त्तिमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले उक्त क्लोरिन छर्किएको डंगोलले बताए ।

रेडक्रससँगको सहकार्यमा बस्ती र बस्ती बाहिरसमेत नियमित क्लोरिन छर्किने समेत उनले बताए ।

Facebook Comments

अन्तिम अपडेट: २२ भाद्र २०७७, सोमबार १८:३०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया