सम्पदा अभियान्ताको रिहाइको माग गर्दै प्रदर्शन

 २२ भाद्र २०७७, सोमबार १०:४०   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा । पुलचोकको घटनामा पक्राउ गरेका सम्पदा अभियान्ता सहित सबैको निशर्त रिहाइको माग गर्दै टोखामा प्रदर्शन गरिएको छ ।

सोमबार विहान हलिनेवा गुथि, मूःध्वाखा टोल बिकास समिति तथा स्थानीय सर्वसाधारणसमेत उपस्थिति रहेको उक्त प्रदर्शनमा पक्राउ परेका सबैको निशर्त रिहाइ गर, नेवाः एकता जिन्दावाद, प्रहरी दमन बन्द गर, हाम्रो संस्कृति हाम्रो परम्परा जस्ता नारा लेखिएको प्लेकार्ड सहित मू:ध्वाखा परिसरमा प्रदर्शन गरिएको थियो ।

देशभरबाट विभिन्न समुदाय तथा संघस्थाहरूले समेत
पक्राउ परेका अभियान्ता सहित सबैको रिहाइको माग गरिरहेका छन् । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गत विहिवार प्रहरी र रथयात्रामा सहभागिहरू वीच झडप भएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २२ भाद्र २०७७, सोमबार १०:४०

तपाईको प्रतिक्रिया