टोखा ३ वडाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई तीव्र बनाउँदै

 २३ भाद्र २०७७, मंगलवार १३:०८   | सागर राज लवट

न्यूज अफ टोखा , काठमाण्डौ । कोरोना भाइसर नियन्त्रण तथा रोकथामका लागि टोखा नगरपालिका वडा नं ३ ले आफ्नो गतिविधिलाई तीव्र बनाएको छ ।

पछिल्लो समयमा टोखा नगरपालिकामा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढ्दो छ । वडा कार्यालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि उच्च सर्तकताका साथ विविध कार्यक्रमहरु सञ्चाल्न गरिरहेको छ ।

शान्ति सुरक्षा उप समितिको मातहतमा रहने गरी वडा सदस्य मुकुन्द राज कुवरको संयोजकत्वमा र रामराज श्रेष्ठको संयोजकमा २० जनाको स्वयं परिचालन समितिको गठन गरिएको छ । ३ वडामा क्रियाशील सामाजिक संघसंस्थाहरुबाट स्वयं सेवकहरुलाई समावेश गरी गठित उक्त स्वयं सेवक टोलिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतना, सचेतना तथा सरसफाई लगायतका कार्यहरु गरिरहेको शान्ति सुरक्षा उपसमितिका संयोजक तथा वडा सदस्य मुकुन्द राज कुवरले बताउनु भयो ।


मंगलबार बिहान वडा कार्यालय भवन परिसरमा एक कार्यक्रम वीच स्वयं सेवकहरुलाई पोशाक वितरण गरिएको छ । शान्ति सुरक्षा उपसमितिका संयोजक मुकुन्द राज कुवरको अध्यक्षमामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सिंग राज श्रेष्ठले उपसमिताका संयोजकलाई स्वयंसेवक पोसाक हस्तान्तरण गरिएको थियो भने किवरले स्वयंसेवकहरुलाई पोसाक वितरण गरिएको थियो ।  

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वयं सेवकहरुको बीमाको समेत व्यवस्थ गरिएको छ । अग्रपंग्तिमा रहेर समाजको सुरक्षाका लागि खटिने स्वयं सेवकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरुलाई हौसला र प्रोहोत्सान दिन बिमाको समेत व्यवस्था गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments

अन्तिम अपडेट: २३ भाद्र २०७७, मंगलवार १३:०८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया