टोखा २ वडामा ९५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन

 २४ भाद्र २०७७, बुधबार १३:१०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा ।  कोरोना भाइरसको संक्रमण जाँचका लागि पीसीआर परीक्षणका लागि टोखा नगरपालिका वडा नं २ मा ९५ जनाको स्वाब संकलन गरिएको छ । 

टोखा नगरपालिकाको एक वडा १०० पीसीआर कार्यक्रम अन्तर्गत बुधबार २ वडाका व्यापार व्यवसायी, अग्रपंग्तिमा रहेर काम गर्ने स्वयम सेवक, जनप्रतिनिधि, पत्रकार लगाएत ९५ जनाको कोरोना भाइरसर संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको वडा अध्यक्ष दिपक राज जोशीले बताउनु भयो ।

हालसम्म २ वडामा कुनै पनि संक्रमित नदेखिएको भन्दै अहिले १ जनादेखिएका ब्यक्तिको स्थायी बसोबास ३ मा रहेको र हाल अस्थायी रुपमा २ वडामा बसोबास गरिरहेको समेत वडा अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

उहाँले बुधबार पीसीआर परीक्षणका लागि  संकलन गरिएको स्वाबको नतिजा सबैको रिपोर्ट नेगेटिभ नै आओस भनि काममा समेत गर्नुभयो ।

कोरोना भाइरसर संक्रमण न्यूनीकरणका लागि वडामा क्लोरिन छर्कनेदेखि लिए कोरोना भाइरस सम्बन्धि जनचेतना तथा सचेतना कार्यक्रमहरुसमेत भैरहेको उहाँले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: २४ भाद्र २०७७, बुधबार १३:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया