टोखा-३ वडामा १०५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन

 २५ भाद्र २०७७, बिहीबार १२:०८   | सागर राज लवट

न्यूज अफ टोखा । पीसीआर परीक्षणका लागि टोखा नगरपालिका वडा नं ३ मा १०५ जनाको स्वाब संकलन गरिएको छ ।
टोखा नगरपालिकाले कोराना भाइरस संक्रमितहरुको कन्ट्याक ट्रेसिङ अन्तर्गत बिहीबार ३ वडाका व्यापार व्यवसायी, अग्रपंग्तिमा रहेर काम गर्ने स्वयम सेवक, जनप्रतिनिधि लगाएत १०५ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको वडा अध्यक्ष सिहराज श्रेष्ठलले बताउनु भयो ।
हालसम्म ३ वडामा २० जना संक्रमित देखिएको र ८ सकृय संक्रमित रहेको समेत वडा अध्यक्ष सिह राज श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरसर संक्रमण न्यूनीकरणका लागि वडामा क्लोरिन छर्कनेदेखि लिए कोरोना भाइरस सम्बन्धि जनचेतना तथा सचेतना कार्यक्रमहरुसमेत भैरहेको उहाँले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: २५ भाद्र २०७७, बिहीबार १२:०८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया