पूल्चोक घटनामा गिरफतारमा परेका सबै अभियान्ता रिहा

 २५ भाद्र २०७७, बिहीबार २०:२०   | सुबिन्द्र श्रेष्ठ

पूल्चोक घटनामा गिरफतारमा परेका सबै अभियान्ता रिहा

काठमाडौं । बुंगद्यः रातो मच्छिन्द्रनाथ रथ यात्रा पुल्चोक घटनामा गिरफ्तार भएका सबैजना रिहा भएका छन् । आज विहिवार बाँकी सबै जना रिहा भएका हुन । सो घटनामा जम्मा २० जन गिरफ्तार भएका थिए । गत आइतवार प्रविण शाक्य ललितपुर–१६ भुल्खु, शुकबहादुर देउला ललितपुर–११ इमुखेल र दलबहादुर देउला ललितपुर–११ इमुखेल रिहा भएका थिए ।

सोमवार रिहा भएका ७ जना ललितपुर–११ बंगलामुखी पृथबिन्दु महर्जन, ललितपुर– ६ रवि शाक्य, ललितपुर– १६ गावाहाल महेश बज्राचार्य, ललितपुर इमाडोल– सुविन शाक्य, ललितपुर इमाडोल– ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी– ८ श्याम श्रेष्ठ, र मध्यपुर ठिमी– निरज वादे रिहा भएका थिए ।

मंगलवार का दिन ७) ललितपुर– ११ तापा हिटी अनिल खड्गी रिहा भएका थिए । बुधवारका दिन ललितपुर इमाडोल– अनिस महर्जन, ललितपुर– ७ पिलाछे रत्नलाल श्रेष्ठ रिहा भएका थिए भने विहिवार अरु बाँकी सबै रिहा भएका छन् ।

त्यसै गरि ललितपुर–२१ अशोज कुमार महर्जन, ललितपुर– १६ रविन शाक्य, काठमाडौं– १६, यादवलाल कायस्थ, ललितपुर– २० नंटोल नरेश शाक्य, , ललितपुर–१३ कुसन्त सञ्जय शाक्य, ललितपुर–११ करण देउला, र ललितपुर–११ देवेन्द्र देउला रिहा भएका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २५ भाद्र २०७७, बिहीबार २०:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया