२१ जना नयाँ संक्रमित थपिए, ३ जना निको, २११ जनाको स्वाब संकलन

 २५ भाद्र २०७७, बिहीबार २१:४३   | सुबिन्द्र श्रेष्ठ

२१ जना नयाँ संक्रमित थपिए,  ३ जना निको, २११ जनाको स्वाब संकलन

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा बिहीवार २१ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिकाहरू मध्य वडा नं ३ मा २, ६ मा २ , ७ मा ६ , ८ मा ६ जना र अन्य ५ जना रहेको नगरपालिकाले जनाएको छ । यो संगै संक्रमित हुनेहरूको कुल संख्या ३३९ जना पुगेको छ ।

त्यस्तै ३ जनाले कोरोना जितेका छन् । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनबाट २ जना र १ जना होम आइसोलेसनमा बसेका संक्रमितले कोरोना जितेका छन् । बिहीवार दिउँसो स्वास्थ्य केन्द्रमा रहेका आइसोलेसनबाट निको भएका २ जनालाई डिस्चार्ज गरिएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभयो ।

टोखा नगरपालिकाले कोरोना संक्रमित पहिचानकालागि बिहीवारमात्रै विभिन्न वडाबाट २११ जनाको स्वाब संकलन गरिएको छ । वडा ३ मा १०५, ११ मा ९५ र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनबाट ९ जना गरि २११ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ ।

टोखा नगरपालिकाले संक्रमितहरूको सम्पर्कमा रहेका र बढि जनसम्पर्कमा रहेकाहरूको कन्ट्याक ट्रेसिङ कार्यलाई फराकिलो बनाइरहेको छ ।

पछिल्लो अवस्था अनुसार टोखा नगरपालिकामा कुल ३४९ जना संक्रमितहरू मध्य १५५ जना निको भैसकेका छन् भने हाल १८१ जना सकृय संक्रमित रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २५ भाद्र २०७७, बिहीबार २१:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया