आमा छोरीले जिते कोरोना

 २६ भाद्र २०७७, शुक्रबार १२:३६   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा । टोखा नगरपालिकाको टोखा चण्डेश्वरी प्राथमिक स्वस्थ्य केन्द्रको आइसोलेसनमा रहेका आमा छोरीले कोरोना जितेका छन् ।

टोखा ३ वडाको साईबाबा चोकमा बसोबास गर्ने २६ वर्षकी आमा र ३ वर्षकी छोरीले १४ दिनपछि कोरोना जितेपछि आइसोलेसनबाट शुक्रबार विहान डिस्चार्ज गरिएको हो ।

कोरोना जीतेका आमा छोरीलाई डिस्चार्ज गर्नेक्रममा शुक्रवार टोखा नगरपालिकाका उमप्रमुख ज्ञानमाया डंगोल र २ वडाका अध्यक्ष दिपक राज जोशीले बिदाई गरिएको थियो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उपप्रमुख डंगोलले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: २६ भाद्र २०७७, शुक्रबार १२:३६

तपाईको प्रतिक्रिया