टोखा नगरपालिकामा १४ जना संक्रमित थपिए, संक्रमित संख्या ३५३ पुग्यो

 २६ भाद्र २०७७, शुक्रबार २३:०७   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं, भदौ २६ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३५३ पुगेको छ ।

शुक्रबार १४ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३५३ पुगेको हो ।

भदो २३ गतेसम्म पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएकाहरूको शुक्रवार बेलुकासम्म प्राप्त नतिजा अनुसार थपिएकाहरू वडा नं १ मा २ जना पुरूष, वडा नं ३ मा १ जना महिला र १ जना पुरूष, वडा नं ६ मा ३ जना महिला, वडा नं ८ मा १ जना पुरूष, वडा नं ९ मा १ जना महिला, वडा नं १० मा २ जना महिला, वडा नं ११ मा १ जना महिला र एक जना पुरूष साथै अन्य १ जना पुरूष गरि जम्मा १४ जना नयाँ संक्रमित रहेका छन् ।

ती मध्य १२ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा रहेका छन् ।

त्यस्तै शुक्रबार वडा नं ४ मा १११ र तिलिङ्टार मा.वि.मा ६४ गरि १७५ जनाको परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको नगरपालिकाको दैनिक अपडेटमा जनाएको छ ।

नगरपालिकाभित्र दैनिक बढ्दो संक्रमितका कारण नगरपालिका भित्रका ११ वटै वडामा पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ ।

शुक्रबार ४० जना कोरोना संक्रमितहरू निको भएका छन् । ३५३ जना संक्रमित मध्य हालसम्म १९५ जना निको भैसकेका छन् भने १५५ जना सकृय संक्रमित रहेका छन् ।

त्यस्तै सकृय संक्रमितहरू मध्य १०५ जना होम आइसोलेसनमा र ४५ जना अस्पतालमा रहेका छन् । १ जना सम्पर्कविहिन रहेको नगरपालिकाको दैनिक अपडेटमा उक्त विवरण उल्लेख गरिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २६ भाद्र २०७७, शुक्रबार २३:०७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया