घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
न्यूज अफ टोखा, काठमाडौँ। नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाै सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एकैदिन काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।
पछिल्लाे २४ घण्टामा १० हजार सात सय एक जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा नाै सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।
अब नेपालमा १४ हजार नाै सय २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।
यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७