भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
२६ भदौ, काठमाडौं । अागामी नाेवेम्वरमा हुने अमेरिकी राष्ट्रपतिय चुनावलाइ असर पानर्काे लागि रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले अमेरिकि प्रमुख राजनैतिक व्यक्तिहरूलाइ निशाना बनाइरहेकाे माइक्रोसफ्ट कम्पनीले दाबी गरेको छ । माइक्रोसफ्टका अनुसार सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, तिनै ह्याकर यस पटक पनि सक्रिय भएकाे विज्ञप्तिमा दाबी गरेका छन् ।
‘चुनावलाई निशाना बनाउन विदेशी समूहहरुले आफ्नो सक्रियता बढाएको कुरा स्पष्ट छ,’ माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
अमेरिकामा राष्ट्रपति पदको चुनाव आगामी नोभेम्बर महिनामा हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडन उम्मेदवार छन् । दुवैको चुनाव प्रचारलाई ह्याकरहरुले निशाना बनाएको माइक्रोसफ्टको दाबी छ ।
माइक्रोसफ्ट कम्पनीका अनुसार स्ट्रोन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरहरुले रिपब्लिकन र डेमोक्रेट्ससँग जोडिएका दुई सयभन्दा धेरै संगठनहरुलाई निशाना बनाएका छन् । स्ट्रोन्टियम समूहलाई ‘फेन्सी बियर’को नामले पनि चिनिन्छ । यो साइबर हमला गर्ने एक युनिट हो जसलाई रुसी सेनाको गुप्तचर एजेन्सीसँग सम्बन्धित रहेको बताइन्छ ।
माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले भनेका छन्, ‘हामीले सन् २०१६ मा जस्तो देखेका थियौं, ठीक त्यसैसँग मिल्दोजुल्दो स्ट्रोन्टियमले व्यक्तिहरुका लगइन रेकर्डसम्म पुग्न उनीहरुका अकाउन्ट ह्याक गर्नका लागि एक अभियान सुरु गरेको छ । उनीहरुका गोप्य सूचना संकलन गर्न वा उनीहरुको अनलाइन अपरेसनमा बाधा पुर्याउनका लागि यस्तो गरिएको हुन सक्ने अनुमान छ ।’
– बीबीसी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३