ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा, काठमाडौं । नेपाली कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजनामा
नेपाली कांग्रेसका संस्थापक नेता एवम् २०४६ को जनआन्दोलनका कमाण्डर तथा लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यमा शनिवार सामाखुशीमा रहेको स्काई पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा स्वर्गीय गणेशमान श्रेष्ठको तस्वीरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कोरोना महामारीको समयमा रगतको अभाव हुँदा उपचारमा कठिनाई भैरहेकोले नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको टोखा नगरपालिका–१० का इकाई सभापति तेज प्रसाद सेढाइले बताए ।
नेपाली कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजना तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख तथा युवा नेता दिपक थापाको संयोजकत्वमा शनिबार उक्त कार्यक्रम भएको हो।
रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभासद् जीवन डंगोल, नेपाली काँग्रेस तारकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उप–सभापति कमल नकर्मी समेतको उपस्थित थिए।
उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेको थियो।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८