टोखा-३ वडालाई लायन्स क्लब अफ काठमाडौं एपेक्सको सहयोग

 २७ भाद्र २०७७, शनिबार २०:५३   | सुबिन्द्र श्रेष्ठ

टोखा-३ वडालाई लायन्स क्लब अफ काठमाडौं एपेक्सको सहयोग

न्यूज अफ टोखा, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं एपेक्सले टोखा नगरपालिका वडा नं ३ लाई सेनिटाइजर र मास्क सहयोग गरेको छ ।

शनिवार विहान लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष रामकृष्ण डंगोल,लायन्स क्लब अफ काठमाडौं एपेक्सका संस्थापक अध्यक्ष कुमार अधिकारी, सदस्य हरिमान श्रेष्ठ र गणेश दाहालको समूहले टोखा-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलाई १० लिटर सेनिटाइजर र १० प्याकेट सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो ।

टोखा नगरपालिकामा पछिल्लो समयमा कोरोना संक्रमितहरूको संख्यामा वृद्धि भैरेहको छ । बढ्दो कोरोना भाइरस संक्रमण र वडााबसीहरूको स्वास्थ्यलाई ध्यानमा राखि त्यसको न्यूनीकरणका लागि वडावासीहरूलाई वितरण गर्न सानो सहयोग स्वरूप वडालाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष रामकृष्ण डंगोलले बताउनु भयो ।

प्राप्त सहयोग सामाग्री वडाबासीहरूलाई वितरण गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Facebook Comments

अन्तिम अपडेट: २७ भाद्र २०७७, शनिबार २०:५३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया