टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्र आइसोलेशनबाट तिन जनाले कोरोना जितेर घर फर्के

 २९ भाद्र २०७७, सोमबार १३:४७   | न्यूज अफ टोखा

टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्र आइसोलेशनबाट तिन जनाले कोरोना जितेर घर फर्के

न्यूज अफ टोखा काठमाडौँ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेशन केन्द्रबाट तिन जनाले कोरोना जितेर घर फर्केका छन् ।

कोरोना जितेर घर फर्किनेहरुमा १ महिला, १ पुरुप र ६ वर्षकी बालिका रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु टोखा ६ वडाका हुन् ।

१४ दिन आइसोलेशनमा बसेर निको भएपछि सोमबार बिहान डिस्चार्ज गर्नेक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल र २ वडाका अध्यक्ष दिपक राज जोशीले बिदाई गरेका थिए ।

हाल २० जना संक्रमित उक्त आइसोलेशन केन्द्रमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २९ भाद्र २०७७, सोमबार १३:४७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया