टोखा नगरपालिकामा ३३ जना संक्रमित थपिए, संक्रमित संख्या ४६२ पुग्यो

 २९ भाद्र २०७७, सोमबार २१:४६   | सुबिन्द्र श्रेष्ठ

टोखा नगरपालिकामा ३३ जना संक्रमित थपिए, संक्रमित संख्या ४६२ पुग्यो

न्यूज अफ टोखा, काठमाडौं, भदौ २९ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ४६२ पुगेको छ ।

सोमबार ३३ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ४६२ पुगेको हो ।

सोमबार बेलुकासम्म प्राप्त नतिजा अनुसार थपिएकाहरू वडा नं ३ मा ५ जना , वडा नं ५ मा १० जना , वडा नं ६ मा १, वडा नं ७ मा ८, वडा नं ८ मा ४, वडा नं १० मा ८ जना, वडा नं १० मा १, वडा ११ मा १ र अन्य २ जना गरि जम्मा ३३ जना नयाँ संक्रमित रहेका छन् ।

पिसिआर परिक्षणका लागि वडा नं ९ मा ८३ र वडा नं १० मा ८० जना गरि जम्मा १६३ जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै सोमबार ४ जना टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनबाट डिस्चार्ज भएका छन् भने ३ जना भर्ना गरिएका छन् ।

कुल ४६२ जना संक्रमित मध्य हालसम्म २२३ जना निको भैसकेका छन् भने २३६ जना सकृय संक्रमित रहेका छन् । ३ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २९ भाद्र २०७७, सोमबार २१:४६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया