टोखा २ मा १३ जनामा कोरोना पुष्टि

 २९ भाद्र २०७७, सोमबार ११:४६   | न्यूज अफ टोखा

टोखा २ मा  १३ जनामा कोरोना पुष्टि

२९ भदौ, काठमाडौं । टोखा नगरपालिका वडा नं. २ मा पहिलोपटक १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक राज जोशीका अनुसार गत २४ गते वडा कार्यालय भवन परिसरमा कोरोना भाइरस संक्रमण पहिचान गर्न पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएका ९५ जना मध्य १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरूमा ४ जना महिला र ८ जना पुरूष रहेका छन् ।

संक्रमितहरू मध्य ५ जना होम आइसोलेसनमा र ७ जना टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन केन्द्रमा रहेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष जोशीले जानकारी दिनु भयो ।

संक्रमण पुष्टि भएका अधिकांश व्यापार व्यवसायी रहेकाछन् भने कोहि सामान्य व्यक्तिहरू रहेका छन् ।

टोखा नगरपालिकामा परीक्षणको दायरा बढाएसंगै संक्रमितहरूको संख्यामा दिनप्रतिदिन वृद्धि भैरहेको छ ।


कोरोना संक्रमित पहिचानका लागि वडा कार्यालयले गत २४ गते आफ्नो वडाका खाध्यान्न, तरकारी, अौषधी पसल, फ्रन्टलाइमा खटिएका स्वयंसेवक, पत्रकार तथा जनप्रतिनिधिहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

कोरोना भाइरस संक्रमितहरूलाई समाजले हेला र तिरस्कार होइन माया र उनीहरूलाई रोगसंग लड्न मनोबल बढाउनु पर्ने भन्दै सबै एक जुटभएर यस महामारीसंग लड्न उहाँले सबै वडावासिसंग अनुरोध समेत गरेका छन् ।

लाम्रो समयसम्म शून्य संक्रमितको अवस्थामा रहेको यस वडामा ९५ जनाको समुदाय स्तरमा परिक्षण पछि ह्वात्तै संक्रमित बढेको हो ।

टोखा नगरपालिकामा आईतवारसम्म कुल ४२९ जना संक्रमित मध्य हालसम्म २१४ जना निको, २१२ जना सकृय संक्रमित रहेका छन्, भने ३ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २९ भाद्र २०७७, सोमबार ११:४६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया