टोखा नगरपालिकामा ५९ जना संक्रमित थपिए, संक्रमित संख्या ५८० पुग्यो

 १ आश्विन २०७७, बिहीबार २२:४०   | सुबिन्द्र श्रेष्ठ

टोखा नगरपालिकामा ५९ जना संक्रमित थपिए, संक्रमित संख्या ५८० पुग्यो

न्यूज अफ टोखा, काठमाडौं, असोज १ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ५८० पुगेको छ ।

बिहीबार ५९ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ५८० पुगेको हो ।

बिहीबार बेलुकासम्म प्राप्त नतिजा अनुसार थपिएकाहरू वडा नं १ मा १३ जना , वडा नं २ मा ८ जना , वडा नं ३ मा ६, वडा नं ५ मा १ , वडा नं ६ मा २, वडा नं ८ मा १, वडा नं ९ मा ९ , वडा नं १० मा ६ , वडा ११ मा ८ र अन्य ५ जना गरि जम्मा ५९ जना नयाँ संक्रमित रहेका छन् ।

पिसिआर परिक्षणका लागि तिलिङगटार स्कुलमा ६२ र वडा नं २ मा ९४ जना गरि जम्मा १५६ जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै बिहीबार १ जना टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनबाट डिस्चार्ज भएका छन् भने ३ जना भर्ना गरिएका छन् । हाल २८ जना संक्रमित उक्त आइसोलेशन सेन्टरमा रहेका छन् ।

कुल ५८० जना संक्रमित मध्य हालसम्म २६५ जना निको भैसकेका छन् भने ३१२ जना सकृय संक्रमित रहेका छन् । ३ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments

अन्तिम अपडेट: १ आश्विन २०७७, बिहीबार २२:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया