सपनातीर्थ सहकारीले संक्रमित शेयर सदस्यलाई पोष्टिकयुक्त खाद्यान्न वितरण

 २ आश्विन २०७७, शुक्रबार १०:१२   | न्यूज अफ टोखा

सपनातीर्थ सहकारीले संक्रमित शेयर सदस्यलाई पोष्टिकयुक्त खाद्यान्न वितरण

न्युज अफ टोखा, असोज २ । सपनातीर्थ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले कोरोना भाइरसरबाट संक्रमित भएका शेयर सदस्यहरूलाई पोष्टिकयुक्त खाद्यान्न वितरण गरिएको छ ।

शरीरमा कोरोना भाइरसरसँग लड्न सक्ने प्रतिरोधात्मक शक्तिको विकास गर्न तागतवद्धक खानेकुराको आवश्यक पर्ने भएकाले पोष्टिकयुक्त खाद्यबस्तु वितरण गरिएको संस्थाका अध्यक्ष विश्वराज श्रेष्ठले बताए ।

सहकारी संस्थाका अध्यक्ष सहितको टोलीले संक्रमित शेयर सदस्यहरू रहेको स्थानमा गएर शीघ्र स्वास्थ्य लाभको कामना सहित उक्त खाद्य सामाग्री वितरण गरिएको सञ्चालक समितिका सदस्य हेरा काजी डंगोलले जानकारी दिए ।

Facebook Comments

अन्तिम अपडेट: २ आश्विन २०७७, शुक्रबार १०:१२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया