टोखा नगरपालिकामा ९ जना संक्रमित थपिए, संक्रमित संख्या ६०५ पुग्यो

 ३ आश्विन २०७७, शनिबार २२:२३   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ ।

शनिबार ९ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ६०५ पुगेको हो ।

शनिबार थपिएकाहरू वडा नं २ मा ६ जना , वडा नं ३ मा २ जना र अन्य १ जना गरि जम्मा ९ जना नयाँ संक्रमित रहेका छन् ।

पिसिआर परिक्षणका लागि वडा नं ३ को कार्यालय भवन परिसरमा ५५ जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै शनिवार ४ जना टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनबाट डिस्चार्ज भएका छन् भने २ जना भर्ना गरिएका छन् ।

कुल ६०५ जना संक्रमित मध्य हालसम्म २८६ जना निको भैसकेका छन् भने ३१६ जना सकृय संक्रमित रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ३ आश्विन २०७७, शनिबार २२:२३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया