बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
न्यूज अफ टोखा, काठमाडौँ । कोरोना संक्रमितको लापरबाहीका कारण स्थानीयबासिहरु त्रसित भएका छन् । कोरोना संक्रमित पुष्टिभएसँगै होम आइसोलेसनमा बसेकाहरुको गतिविधिका कारण यतिवेला मालुङ्गका स्थानीयहरु त्रसित बनेका हुन् ।
सम्बन्धित जनप्रतिनिधिहलाई समेत यसकोबारेमा जानकारी गराउँदा समेत कुनै पनि पहल कदम नचालेको स्थानीयहरुको गुनासो रहेका छन् । संक्रमित व्यक्ति र परिवारका सदस्यहरु वाहिर हिडिरहँदा समाजमा संक्रमण फौलिने उच्च जोखिम रहेको हुन्छ ।
स्थानीय सरकारले संक्रमितहरूलाई होम आइसोलेसन र सेन्टरमा राख्ने व्यवस्थापन गरिरहेको भएपनि संक्रमितको बसोबास स्थानलाई के गर्ने भन्ने मापदण्ड बनाउन नसक्दा यतिखेर यस्तो समस्या देखिन थालेको हो ।
संक्रमण फैलिन नदिन संक्रमितहरूलाई १४ दिन कसैको सम्पर्कमा आउन नपाअोस भनेर आइसोलेसनमा खास्ने व्यवस्था गरिएको हुन्छ । टोखा नगरपालिकाले यदि संक्रमित घरमा नै होम आइसोलेसनमा बस्न चाहेमा होम आइसोलेसनमा र घरमा छुट्टै बस्न नमिल्ने भएमा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरेको छ । तर होम आइसोलेसनमा बस्नेहरूको मापदण्ड व्यवस्थापनमा वडा र नगरपालिका चुकेको देखिन्छ ।
यदि संक्रमित बाहिर हिड्दुल गर्छ भने नाम मात्रको होम आइसोलेसनमा बसिरहेको छ भन्नुको कुनै अौचित्य रहँदैन ।
टोखा नगरपालिका वडा नं १ को मालुङ्ग र तिसिन्डोलमा १५ जना कोरोना संक्रमित रहेका छन् । मालुङ्गका दुई जना व्यवसायीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुको संम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा २९ जना मध्य १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
ती मध्य १४ जना होम आइसोलेशनमा रहेका छन भने १ जना चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा रहेका छन् ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९