टोखामा कोरोना संक्रमितको संख्या ६५४ पुग्यो, निको हुनेको संख्या २९६, आइतवार मात्र ४९ जना थपिए

 ५ आश्विन २०७७, सोमबार १३:१३   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ६५४ पुगेको छ । टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा २७६ महिला र ३७८ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या २९६ जना रहेका छन् । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । सकृय संक्रमितको संख्या ३५५ जना पुगेका छन् ।

आईतबार वडा नं २ मा १२ जना संक्रमित थपिएका छन्, वडा नं. ३ मा ११ जना, वडा नं. ४ मा १ जना, वडा नं. ५ मा ४ जना, वडा नं ६ मा ३ जना, वडा नं ७ मा ५ जना वडा नं ८ मा ३ जना, वडा नं ९ मा ४ जना वडा नं १० मा ३ जना, वडा न ११ मा १ जना र अन्य २ जना संक्रमित रहेका छन् ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन र अस्पतालमा गरि ८८ जना रहेका छन् । होटल आइसोलेसनमा २६५ जना र ३ जना अन्य स्थानमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ५ आश्विन २०७७, सोमबार १३:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया