२४ घण्टामा देश भर १३५६ जनामा काेराेना संक्रमण पुष्टि

 ६ आश्विन २०७७, मंगलवार १६:५३   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार एक सय ५४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय २३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४८ हजार ६१ पुगेको छ ।  

अब नेपालमा १८ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय ७१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

Facebook Comments

अन्तिम अपडेट: ६ आश्विन २०७७, मंगलवार १६:५३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया