टोखा नगरपालिकामा ५४ जना संक्रमित थपिए, संक्रमित संख्या ७०८ पुग्यो

 ७ आश्विन २०७७, बुधबार ११:३२   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ ।

मंगलबार ५४ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ७०८ पुगेको हो ।

मंगलबार थपिएकाहरू वडा नं २ मा ३ जना , ३ मा १२ जना, ४ मा २, ५ मा ५, ६ मा ६, ७ मा ६, ८ मा ३, ९ मा ७, १० मा २, ११ मा २ र अन्य ६ जना गरि जम्मा ५४ जना नयाँ संक्रमित रहेका छन् ।

पिसिआर परिक्षणका लागि तिलिङ्टार स्कुलमा ४६ जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै मंगलबार ५ जना टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनबाट डिस्चार्ज भएका छन् ।

कुल ७०८ जना संक्रमित मध्य हालसम्म ३२१ जना निको भैसकेका छन् भने ३८४ जना सकृय संक्रमित रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ७ आश्विन २०७७, बुधबार ११:३२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया