टोखाका दुई विद्यालयमा नर्स कार्यक्रम सञ्चालन हुने

 ८ आश्विन २०७७, बिहीबार १८:३९   | सुबिन्द्र श्रेष्ठ

टोखा, ८ असोज । बागमती प्रदेशले गतवर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा टोखा नगरपालिकाका दुई विद्यालय छनोट भएका छन् ।

विद्यालयमा नर्स राखेर विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका बारेमा अध्यापन गर्ने र प्राथमिक उपचारको व्यवस्था विद्यालयमै गर्ने योजना अनुरुप बागमती प्रदेशले विद्यालय नर्स कार्यक्रम सुरु गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले यसवर्षदेखि विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न टोखा नगरपालिकाका दुई विद्यालय छनोट गरेको हो । श्री सरस्वती माध्यमिक विद्यालय र श्री मनोहर माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुन लागेको हो ।

मन्त्रालयले तयार गरेको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६ अनुसार स्थानीय तहले सिफारिस गरि पठाएका विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको छ । सोही अनुसार प्रदेश सरकारले तारकेश्वर नगरपालिकाका दुई विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बुढानिलकण्ठ र तारकेशवर नगरपालिकाको पनि दुई विद्यालयमा नर्स कार्यक्रम लागू हुने भएको छ । बुढानिलकण्ठको श्री गणेश र श्री ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालय त्यस्तै तारकेश्वरको मानसिं र कालिदेवी माध्यामिक विद्यालयमा पनि नर्स कार्यक्रम लागू हुने भएको हो । ।

बागमति प्रदेशको हरेक स्थानीय तहमा २ जनाका दरले १ सय १८ वटा स्कूलमा र गोसाईकुण्ड गाउँपालिकाको १ स्कूलमा कार्यक्रम लागू हुन लागेको हो । यसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले २ सय ३७ जना विद्यालय नर्स नियुक्ति गर्ने प्रकृया अघि बढाउँदै योग्य उम्मेदवारको दरखास्त आह्वान पनि गरेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ८ आश्विन २०७७, बिहीबार १८:३९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया