टोखामा कोरोना संक्रमितको संख्या ७९६ पुग्यो, निको हुनेको संख्या ३९०, शनिवार मात्र १५ जना थपिए (वडागत विवरण सहित)

 ११ आश्विन २०७७, आईतवार १२:२०   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिकामा १५ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ । टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ३३६ महिला र ४६० पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ३९० जना रहेका छन् । भने संकृय संक्रमितको संख्या ४०३ जना पुगेका छन् । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै टोखा १ मा शनिवार १ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । निको हुनेको संख्या ६ जना र १६ जना सकृय संक्रमित रहेका छन् । सकृय संक्रमितहरु मध्य १५ जना घर र १ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

वडा नं. २ मा शनिवार ४ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ५१ जना पुगेको छ । जसमा निको हुनेको संख्या १४ जना र ३७ जना सकृय संक्रमित रहेका छन् । ३२ जना घरमा र ५ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।  त्यस्तै वडा नं. ३ मा ५ जना नयाँ संक्रमित थपिएसँगै ९४ जना संक्रमित पुगेको छ । जस मध्य ३९ जना निको र ६४ जना सकृय संक्रमितहरु रहेका छन् ती मध्य ५६ जना घरमा र ७ जना अस्पतालको आइसोलेसनमा रहेका  छन् ।

वडा नं. ४ मा कोरोना संक्रमित संख्या ४३ जना पुगेको छ । जसमा २९ जना निको र १३ जना सकृय संक्रमित रहेका छन् भने १ को मृत्यु भएको छ । १० जना घरमा, १ जना अस्पताल आइसोलेसन र २ जना सम्पर्क विहिन रहेका छन् । त्यस्तै वडा नं ५ मा शनिवार १ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ८४ जना पुगेको छ । ४५ जना निको भएका छन् भने ३९ जना सकृय संक्रमित रहेका छन् । ३३ जना घरमा र ६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

त्यस्तै वडा नं ६ मा कोरोना संक्रमित संख्या ८६ जना पुगेको छ । निको हुनेको संख्या ४१ जना रहेका छन् । ४४ जना सकृय संक्रमित रहेका छन् भने १ को मृत्यु भएको छ । ३५ जना घरमा र ९ जना आइसोलेसन रहेका छन् । वडा नं ७ मा १ जना थपिएसँगै संक्रमित संख्या ८० जना पुगेको छ । ५२ जना निको र २८ जना सकृय संक्रमित रहेका छन् । १९ जना घरमा र ९ जना आइसोलेसनमा रहेका छन् ।

वडा नं. ८ मा १ जना थपिएसँगै संक्रमित संख्या ८५ जना पुगेको छ । ३९ जनाको निको र ४६ जना सकृय संक्रमित रहेका छन् । भने ३१ जना घर र १५ जना आइसोलसनमा रहेका छन् । त्यस्तै  वडा नं ९ मा १ जना थपिएसँगै संक्रमित संख्या ५२ जना पुगेको छ । निको हुने १६ जना रहेका छन् भने सकृय संक्रमित ३७ जना र १ को मृत्य भएको छ । २८ जना घरमा र ७ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै गरी वडा नं १० मा संक्रमितको संख्या ६५ जना पुगेको छ । निको हुनेको संख्या ३५ जना र २९ जना सकृय संक्रमित रहेका छन् । २३ जना घरमा र ६ जना आइसोलेसनमा रहेका छन् । वडा नं ११ मा संक्रमित संख्या ५६ पुगेको छ । ३४ जना निको  र २२ जना सकृय संक्रमित रहेका छन्  । ती मध्य १९ जना घरमा र ३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै गरी अन्यमा  ७९ जना संक्रमित रहेका छन् । ४९ जना निको र ३० जना सकृय संक्रमित रहेका छन् ।

वडागत रुपमा हेर्दा सबै भन्दा कम २२ जना संक्रमित वडा नं १ मा र सबैभन्दा बढी  ९४ जना वडा नं ३ मा देखिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: ११ आश्विन २०७७, आईतवार १२:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया