टोखा शिवपुरी सहकारीले संक्रमित शेयर सदस्यलाई पोष्टिकयुक्त खाद्यान्न वितरण

 ११ आश्विन २०७७, आईतवार १८:४२   | सागर राज लवट

न्युज अफ टोखा । टोखा शिवपुरी बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसरबाट संक्रमित भएका शेयर सदस्यहरूलाई पोष्टिकयुक्त खाद्यान्न वितरण गरिएको छ ।


शरीरमा कोरोना भाइरसरसँग लड्न सक्ने प्रतिरोधात्मक शक्तिको विकास गर्न तागतवद्धक खानेकुराको आवश्यक पर्ने भएकाले पोष्टिकयुक्त खाद्यबस्तु वितरण गरिएको संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।


सहकारी संस्थाका सञ्चालक समिति तथा सदस्य सहितको टोलीले संक्रमित शेयर सदस्यहरू रहेको स्थानमा गएर शीघ्र स्वास्थ्य लाभको कामना सहित उक्त खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Facebook Comments

अन्तिम अपडेट: ११ आश्विन २०७७, आईतवार १८:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया