२४ घण्टामा २१ जनामा कोरोना पुष्टि

 १२ आश्विन २०७७, सोमबार २१:१९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ । गएकाे २४ घण्टामा टोखा नगरपालिकामा २१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । याेसँगै टोखा नगरपालिकामा कुल सङ्क्रमितकाे सङ्ख्या ८ सात सय ४६ पुगेकाे छ ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ४ जना, ४ मा १, ५ मा ४, ६ मा ३, ७ मा ४, ८ मा २, ९ मा १, १० मा १ र अन्य १ जनामा कोरोना देखिएकाे हाे । ती मध्य २० जना घरमा र १ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

साेमबार टोखा चण्डेश्व प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनबाट २ जना डिस्चार्ज भएका छन् ।

सोमबार उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ ।

Facebook Comments

अन्तिम अपडेट: १२ आश्विन २०७७, सोमबार २१:१९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया