काठमाडाैँ उपत्यकामा ९ सय ३४ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

 १४ आश्विन २०७७, बुधबार १७:४२   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ । बुधबार काठमाण्डाै उपत्यकामा ९ सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । भने ३ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७ सय ४९ जना, ललितपुरमा एक सय १४ जना र भक्तपुरमा ७३ गरी ९ सय ३४ जनामा कोरोना देखिएकाे हाे । त्यस्तै काठमाडौंमा ३ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँ उपत्यकामा ९ सय ३४ सहित देशैभर एक हजार ५ सय ५९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ७७ हजार ८ सय १७ पुगेकाे छ ।

Facebook Comments

अन्तिम अपडेट: १४ आश्विन २०७७, बुधबार १७:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया