घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९ सय ३२ पुगेकाे छ । गएको २४ घण्टामा ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ५ जना, ४ मा १, ५ मा ३, ६ मा १, ७ मा ९, ८ मा ७, ९ मा २, १० मा २. ११ मा २ र अन्य ९ जनामा कोरोना देखिएकाे हाे । ती मध्य १८ महिला र २० पुरुष रहेका छन् ।
बुधबार कोरोना पुष्टि भएका ३२ जना घरमा र ३ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ३ जना सम्पर्क विहिन छन् ।
त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसनबाट ५ जना निकाे भएर डिस्चार्ज भएका छन् । भने ४ जना नयाँ संक्रमित थपिएसँगै हाल उक्त आइसोलेसनमा १५ जना संक्रमित रहेको उप प्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७