टोखामा कोरोना संक्रमितको संख्या ९७७ पुग्यो, निको हुनेको संख्या ५८६, बिहीबार मात्र ४५ जना थपिए

 १६ आश्विन २०७७, शुक्रबार १३:१७   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा बिहीबार ४५ जना नयाँ संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या ९७७ पुगेको छ । टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ४२९ महिला र ५५६ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ५८६ जना रहेका छन् । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । सकृय संक्रमितको संख्या ३८८ जना पुगेका छन् ।

बिहीबार वडा नं १ मा १ जना संक्रमित थपिएका छन्, वडा नं. २ मा २ जना, वडा नं. ३ मा ३ जना, वडा नं. ४ मा ४ जना र वडा नं ५ मा ३ जना संक्रमित थिएका छन् । त्यस्तै वडा नं ७ मा ६ जना, वडा नं ८ मा १ जना, वडा नं ९ मा ३ जना, वडा नं १० मा ९ जना, वडा न ११ मा ६ जना र अन्य ३ जना संक्रमित थपिएका छन् ।

सकृय संक्रमितहरू मध्य टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्र तथा संस्थागत आइसोलेसनमा गरि ४८ जना रहेका छन् । होम आइसोलेसनमा ३२५ जना र १२ जना सम्पर्क विहिन रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १६ आश्विन २०७७, शुक्रबार १३:१७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया