झोरमा कोरोना संक्रमितको संख्या २४ पुग्यो, निको हुनेको संख्या १९

 १८ आश्विन २०७७, आईतवार १३:५८   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं १ झोर महाँकालमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । टोखा नगरपालिका भरी नै सबैभन्दा कम संक्रमित यसै वडामा रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा १० महिला र १४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १९ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या ५ जना पुगेका छन् । सकृय संक्रमितहरु मध्य ३ जना घर र १ जना अस्पतालको आइसोलेसनमा र १ जना सम्पर्कविहिन रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १३:५८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया