टोखामा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, निको हुनेको संख्या ६८०, चारको मृत्यु

 १८ आश्विन २०७७, आईतवार १२:५५   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार एक पुगेको छ । शनिवार थप ६ जना नयाँ संक्रमित थपिएसंगै नगरपलिका भित्र संक्रमितको संख्या १००१ पुगेको हो । टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ४२९ महिला र ५७२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ६८० जना रहेका छन् । अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । भने ३१७ जना सकृय संक्रमित रहेका छन् ।

शनिवार वडा नं ४ मा २ जना संक्रमित थपिएका छन्, वडा नं. ५ मा १ जना, वडा नं. ७ मा १ जना र  वडा नं. १० मा १ जना संक्रमित थपिएका छन् ।

सकृय संक्रमितहरू मध्य टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्र तथा संस्थागत आइसोलेसनमा गरि ४२ जना रहेका छन् । होम आइसोलेसनमा २६५ जना र १० जना सम्पर्क विहिन रहेका छन् ।

वडा नं १ मा सबैभन्दा कम २४ र वडा नं ३ मा सबैभन्दा धेरै ११७ जना कोरोना संक्रमित भैटिएका छन् । त्यस्तै वडा नं २ मा ५४, वडा नं ४ मा ४९, वडा नं ५ मा १०९. वडा नं ६ मा १०५ वडा नं ७ मा १०९ वडा नं ८ मा १११ वडा नं ९ मा ६६ वडा नं १० मा८२ वडा नं ११ मा ७६ र अन्य ७३ संक्रमित रहेका छन् ।

त्यस्तै हालसम्म कोरोनाबाट चार जनाको मृत्यु भईसको छ । वडा नं ४, ६, ७ र ९ मा १/१ जनाको मृत्यु भएको हो ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १२:५५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया