आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ५२ पुगेको छ । गएको २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि र एकको मृत्यु भएको टोखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार आइतवार सक्रमण पुष्टि भएकाहरुमा वडा नं १ मा १ पुरुष, वडा नं. २ मा २ पुरुष र १ महिला, वडा नं. ३ मा ३ पुरुष र ५ महिला, वडा नं ४ मा २ महिला, वडा नं ५ मा २ पुरुष र २ महिला र वडा नं ६ मा ३ पुरुष र ३ महिला रहेका छन् । त्यस्तै वडा नं ७ मा १ पुरुष र ४ महिला, वडा नं ८ मा २ पुरुष र ३ महिला, ९ वडामा ३ पुरुष र १ महिला, वडा नं १० मा १ पुरुष र १ महिला वडा नं ११ मा ३ पुरुष र २ महिला रहेका छन् । भने अन्यमा ४ पुरुष र २ महिला गरी ५१ जना रहेका छन् । थपिएका संक्रमितहरु मध्य ४२ जना घरमा, ७ जना अस्पताल आइसोलेसनमा र २ जना सम्पर्क विहिन रहेका छन् ।
त्यस्तै आइतवार वडा नं ९ मा ६० वर्षीय एक महिला संक्रमितको मृत्यु भएको टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ । योसंगै वडा नं ९ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने नगरपालिकामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
पछिल्लो समयमा टोखा नगरपालिकामा संक्रमितहरुको संख्यामा तीव्रतर रुपमा वृद्धि भैरहेको भए पनि आम सर्वसाधारण भने संक्रमणबाट बच्न खासै सचेत भएको देखिदैन । जसका कारण संक्रमित दर बढ्ने जोखिम पनि उच्च मात्रामा देखिन्छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९