सर्वाेच्चका न्यायाधीश र कर्मचारीमा काेराेना : दशैंअघिसम्म इजलास प्रभावित हुने

 १८ आश्विन २०७७, आईतवार १६:०४   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम प्रभावित भएको छ । 

न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि दैनिक ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। 

आज बन्दी प्रत्यक्षीकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन । कोरोना सङ्क्रमण पुष्टि भएका न्यायाधीशसहित अरु कर्मचारी आ-आफ्नो घरमै आइसोलेशनमा बस्नुभएको पनि उहाँले जानकारी दिनुभयो । 

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १६:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया