६० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

 १८ आश्विन २०७७, आईतवार २३:५९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकाका ६० वर्षीय एक संक्रमित महिलाको मृत्यु भएको छ ।

आइतबार वडा नं ९ का ६० वर्षीय संक्रमित महिलाको मृत्यु भएको टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ ।

योसंगै वडा नं ९ मा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने नगरपालिकामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

आइतबार नगरपालिकामा ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै संक्रमित संख्या १०५२ पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार २३:५९

तपाईको प्रतिक्रिया