टोखा उद्योग वाणिज्य संघको आयोजनामा असोज २४ गते बृहत रक्तदान कार्यक्रम हुँदै

 १९ आश्विन २०७७, सोमबार २३:२०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । नेपालको राजधानी बसुन्धरा स्थित बसुन्धरा ब्याङकोइटमा टोखा उद्योग वाणिज्य संघको आयोजनामा यहि असोज २४ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचारको प्राबिधिक सहयोग र बसुन्धरा ब्याङकोइटले मुख्य प्रायोजन गरेको छ। नजिकै आइरहेको विजयादशमी , शुभदिपावली , नेपाल संवत्, उधौली पर्व र लोसार पर्वको शुभ अवसर पारेर असोज २४ गते बिहान ११ बजे बाट बृहत रक्तदान कार्यक्रममा‌ सहभागी भइदिनु हुन पनि टोखा उद्योग वाणिज्य संघका आन्तरिक व्यवस्थापन समिती संयोजक समेत रहनुभएका प्रवक्ता रघुनाथ पनेरुले जानकारी दिएका छन्।

नोट : रक्तदान गर्नुहुने इच्छुक महानुभावहरुले यस ९८५१०३८९२९ नम्बरमा सम्पर्क राख्नुहोला।

Facebook Comments

अन्तिम अपडेट: १९ आश्विन २०७७, सोमबार २३:२०

तपाईको प्रतिक्रिया